Logo
६ बैशाख २०८१, बिहीबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्युठानमा जीप दुर्घटना हुँदा, ६ को मृत्यु, ३ घाइते

प्युठान,११ चैत । स्वर्गद्धारी दर्शनका लागि आएको जीप भिङ्ग्रीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर छ। बिहिबार भिङ्ग्रीमा बाँस बसेर आज बिहान स्वर्गद्धारी दर्शनका जादै गर्दा रुमाले भन्ने स्थानमा उक्त जिप दुर्घट्नामा परेको हो।

स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट आएको बा ८ च १५६१ जीप आज बिहान पौने ८ बजे दुर्घट्नामा परेको प्रहरीले बताएको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको जनाइएको छ ।

मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते भएका छन् ।

घाइते चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । एक महिलालाई त्यहाबाट बुट्वल रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा ११ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तीन किलोमिटरको दूरीमा पर्छ ।
मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । प्रहरी र स्थानियको सहयोगमा घाइतेको उद्धार गरिएको पौडेलले बताए।-सलिम अन्सारी

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्