Logo
१३ बैशाख २०८१, बिहीबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. प्रकासचन्द्र लोहनी कहाँ के गर्दैछन् ?

काठमाडौं, ११ चैत । राप्रपा परित्याग गरेका डा. प्रकासचन्द्र लोहनी यतिबेला नयाँ शक्ति निर्माणमा जुटेका छन् । केही समयअघि राप्रपा परित्याग गरेका डा. लोहनीले नयाँ पार्टी गठनका लागि भन्दै विभिन्न स्तरबाट छलफल तीब्र पारेका हुन ।

स्रोतका अनुसार, उनले संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र आर्थिक समृद्धिको प्रमुख एजेण्डासहित नयाँ पार्टी गठनका लागि छलफल चलाईरहेको उनी निकटतम स्रोतहरु बताउँछन् ।

समाचार शुत्रका अनुसार, पार्टी परित्यागसँगै उनले एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान चलाउँदै आएका केशर बहादुर विष्ट समुह, हिन्दु राष्ट्र र राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति तथा संगठनलगायतसँग उनले निरन्तर छलफल गर्दै आएका छन् ।

सोहि क्रममा उनले विष्ट समुहसँग तत्कालै नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने समझदारी गरेको उच्च स्रोत बताउँछ । तर उनीबीच नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने समझदारी भएतापनि नेतृत्व कसको हुने र पार्टीको नाम के हुने भन्नेमा अन्तिम टुंगो लाग्न नसकेको सामाचार शुत्रहरु बताउँछन् ।

समाचार शुत्रका अनुसार, एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हुने, पार्टीको चुनाव चिन्ह हलो नै राख्ने, विषयमा द्धिपक्षिय समझदारी बनिसकेको छ । तर चुनावमा भाग लिने या नलिने विषयमा नेताहरु विच समाझदारी नबनेको र निचोड निस्कन बाकीँ रहेको समाचार शुत्रको दावी छ ।

यसरी डा.लोहोनी पुनः सक्रिय राजनीतिमा लागेका छन् । उनको योजना कति सफल हुने हो या होइन् त्यो भने हेर्न बाकीँ छ ।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्