Logo
८ बैशाख २०८१, शनिबार
(March 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयबहादुरलाई IGP नियुक्ति गर्ने सरकारको निर्णय सर्वोच्चद्धारा बदर

काठमाडौ  ।  सर्वोच्च अदालतले सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति बदर गरेको छ । सर्वोच्चको फैसलासँगै चन्दलाई पदबहाल हुने बाटो रोकिएको छ । त्यस्तै कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढुवा गर्न निर्देश गरेको छ ।

सर्वोच्चले आज फैसला सुनाउदै निर्णय बदर गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको अन्तिम टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो ।

सर्वोच्चको फैसलाले अब पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई प्रहरी महानिरीक्षक हुने बाटो खुलेको छ । फागुन १ गते प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा पहिलो वरीयताका नवराज सिलवाल र दोस्रो वरीयताका प्रकाश अर्याललाई पन्छाउँदै तेस्रो नम्बरका चन्दलाई बढुवा गरेको थियो ।

बढुवा गरेको केही घण्टामै प्रधानन्यायाधीश कार्कीकै इजलासले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । चन्दको बढुवाविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र पहिलो नम्बरका सिलवालले अलग अलग मुद्धा हालेका थिए ।

पटक पटकको सुनुवाईपछि अन्तरिम आदेशलाई सदर गर्दै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले दुवै डीआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल मगाएको थियो । तर, नियुक्तिमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै मुद्दालाई पूर्ण इजलासमा पठाइयो ।

प्रकाशित मिति: Mar 21, 2017

प्रतिक्रिया दिनुहोस्