Logo
१२ बैशाख २०८१, बुधबार
(March 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी मोर्चामा आवद्ध दलका सांसदद्वारा बैठक बहिष्कार

काठमाडौँ , ८ चैत । मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन् । मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार गर्ने जानकारी आजको बैठकमा दिए ।

उनले मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन पनि आग्रह गरे ।

उनका सो आग्रह लगत्तै मधेस केन्द्रित दलका सांसदहरुले नाराबाजी गर्दै बैठक बहिस्कार गर्नुभएको थियो । बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दलसँग आबद्ध सांसदहरु हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: Mar 21, 2017

प्रतिक्रिया दिनुहोस्