Logo
६ बैशाख २०८१, बिहीबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ देशको संयुक्त सैन्य अभ्यास: शान्ति स्थापना मुल उद्देश्य 

काठमाडौँ, चैत ७ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना काभ्रेको पाँचखालमा भेला भएका छन् ।

नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सैन्य अभ्यास चैत २१ गतेसम्म चल्नेछ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो ।

अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्