Logo
८ बैशाख २०८१, शनिबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा सत्ताधारी दल राप्रपामाथी अश्रुग्यास प्रहार

काठमाडौं, ७ चैत । आफ्नो विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा झडप भएको छ ।

जमलको बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ । राप्रपा सत्ताधारी दल हो । कार्यालय पुगेका कार्यकर्ताले सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो।  सो क्रममा सयन्द्रा वान्तवा, रोशन कार्की, राजाराम बर्तौला लगायत दर्जनौं कार्यकर्ता घाइते भएको राप्रका सहप्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।

झडपलाई नियन्त्रण गर्ने क्रममा पाँच सेल अश्रुग्यास प्रहार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्