कञ्चनपुर घट्नाका दोषीलाई कारवाही हुन्छः भारतीय प्रधानमन्त्री मोदी
काठमाण्डौ, चैत्र ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घट्नाका बारेमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउने र दोषी ठहर भएमा कारवाही गरिने अश्वासान दिएका छन् । शुक्रबार गृहमन्त्री विमलेन्द्र निधिसंगको भेटबार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले उक्त अश्वासन दिएका हुन् ।
भेटका क्रममा गृहमन्त्री निधिले कञ्चनपुर घट्नाको विषयमा ध्यानाकर्षण गराएपछि मोदीले उक्त अश्वासन दिएको भारतिय स्रोतले जनाएको छ । ‘नेपाल हाम्रो परममित्र हो । मित्रसंग हाम्रो सम्बन्ध सुमधुर राख्न चाहन्छौ’ भारतीय प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै स्रोतले भन्यो । मोदीसंग नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमहरुका बारेमा पनि छलफल भएको बताइएको छ ।
भारतिय जनता पार्टीका महासचिव समेत रहेका राम माधव नेतृत्वको इण्यिा फाउन्डेसनले गरे एक कार्यक्रममा सहभागी हुन भारत पुगेका निधि नयाँ दिल्ली स्थित शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीसंग भेटवार्ता गरेका हुन् ।
फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा कल्भर्ट बनाएको निहुँमा नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो । तस्विर: भारतीय दूतावास ।