Logo
७ बैशाख २०८१, शुक्रबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चा तयार: सीमांकन थाती राख्दै संविधान संशोधन हुने, स्थानिय तहको संख्या फेरि बढाउने,

वीरेन्द्र केएम ,

काठमाडौं, चैत ४ । सीमांकनलाई थाती राखेर मधेशको अन्य मागको संम्बोधन गर्न सविधान संशोधन गर्ने र स्थानीय तहको संख्या बढाई चुनावमा जाने सहमती सरकार र मोर्चावीच भएको छ ।  उच्च श्रोतको अनुसार यो सहमतीसंगै मोर्चा पनि चुनावमा जना तयार भएको हो भने दल दर्ता गर्नका लागि केहि दिन फेरी मौका दिन निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको छ ।

श्रोतले भने याता संशोधन हुन बितिकै उता निर्वाचन आयोगले पुनः केहि दिन म्याद दिने छ । तर आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले यो खबरलाई औपचारिक रुपमा पुष्टि गर्न मानेका छैनन । अनौपचारिक रुपमा एक जना नेताले भने ‘यो चुनावले मात्र समस्या समाधान हुने होइन क्यारे अर्को चुनावको बेला हाम्रो पहिलो सर्त नै सिमाङ्गकन हुने छ । यसपालीलाई हामि सिमाङ्गकनको मुद्दा तत्काललाई थाती राख्ने निष्कर्षमा पुगेका छौं ।’

यता बलुवाटार श्रोतका अनुसार शुक्रबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग टेलिफोनमा वार्ता गरी यो कुराको औपचारिक जानकारी गराएका छन । श्रोतले भन्यो, प्रमले मेची–महाकाली अभियानअन्तर्गत कञ्चनपुरमा रहेका एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री दाहालको आग्रह थियो– ‘सीमांकन थाती राखेर संविधान संशोधन गरौं । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउन तराईमा स्थानीय तहको संख्यामा केही हेरफेर गरौं ।’

तर ओलीले त्यसलाई चुनाव नगराउने र गराउन नदिने षड्यन्त्रको उपपमा दिदै तत्कालै प्रधानमन्त्री दाहाललाई जवाफ दिए– “यो चुनाव नगराउने षड्यन्त्र हो । तपाईँ यो कुरा बुझिराख्नुस्, कि तपाईँ नै षड्यन्त्र गर्दै हुनुुहुन्छ कि तपाईँ कसैको षड्यन्त्रको शिकार बन्दै हुनुहुन्छ ।” प्रधानमन्त्री दाहालले तराईमा स्थानीय तहको संख्या अझै बढाउने हो भने सीमांकनबाहेकका संशोधन प्रस्ताव पारित गरेर चुनावमा जान सकिने प्रस्ताव सुनाएका थिए ।

“चुनावका बारेमा कांग्रेस मौन छ,” ओलीको टिप्पणी थियो, “शेरबहादुरजीलाई अहिले चैत र वैशाखको कुनै सम्झना नै छैन । उहाँले जेठमात्रै देखिरहनुभएको छ । उहाँलाई अहिले चैत र वैशाख महिना कण्ठ छैन । तर चुनाव वैशाखमै हुने हो ।” कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता भएको १२ घण्टा पनि नबित्दै प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलका नेता ओलीसँग सहयोग मागेका हुन् ।

बिहीबार बेलुका भएको वार्तामा पारित हुने विषय मिलाएर ल्याउन दुवै पक्षका नेता रहने गरी कार्यदल बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुने अवस्था नभएकाले संशोधन प्रस्तावमा रहेका बाँकी विषय पारित गराएर चुनावमा जान मोर्चाका नेताहरुसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्