Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–देउवाबीचको सम्बन्धमा खटपट

काठमाडौ, ४ चैत्र । सरकारको आयु सकिन केही समय बाँकी रहँदा सत्तारुढ प्रमुख दलविचनै खटपट सुरु भएको छ । सत्ताघटक माओवादी केन्द्र र नेपाली कांग्रेसविच चुनाव अघि संशोधन कि चुनावपछि संशोधन भन्ने विषयमा खटपट सुरु भएको उच्च स्रोतले बतायो ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला चुनावको पक्षमा देखिएका छन् भने सत्तासाझेदार दल कांग्रेसका सभापती शेरबहादुर देउवा चुनाव अघि संशोधन प्रस्ताव पारित गरि मधेश केन्द्रित दललाई समेत चुनावमा लैजानुपर्ने पक्षमा देखिएका हुन ।

यसले दुई पक्ष बिच खटपट सुरु भएको देखिन्छ । सरकारले निर्वाचन घोषणा गरेको करिब एक महिना बितिसकेको छ । १९ वर्ष पछि हुन लागेको स्थानीय निकायको निर्वाचन दुई दल बिचको खटपटले अलमलमा पर्ने सकेत देखिएको छ । पछिल्लो समय देउवा–प्रचण्ड बिच यहि विषयलाई लिएर संवाद समेत हुन नसकेको उच्च स्रोत बताउछ ।

पछिल्लो समय सत्तारुढ दलबिच देखिएको खटपटलाई मत्थर गराउन नेताहरु सक्रिय भएको देखिन्न । प्रमुख प्रतिपक्ष दल एमाले मेची–महाकालि अभियानमा रहेको देखिन्छ । चुनावी माहोललाई दलहरुले गम्भीरतापूर्वक नलिनु गलत भएको जानकारहरु बताउँछन् । दुईदल विचको खटपटलाई मध्यमार्गि बाटोबाट निकास दिनुपर्ने उनीहरुको तर्क छ ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्