Logo
१३ बैशाख २०८१, बिहीबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सान्दार जितसगै भारतको नयाँ राष्ट्रपति आडवाणी बन्दै

सुनिल शर्मा, काठमाडौं । भारतमा देखिएको राजनीतिक परिवर्तनको सबैभन्दा ठूलो र प्रभावकारी असर छिमेकी मुलुकमा देखिने गरेको छ ।खास गरी नेपालमा भारतको राजनैतिक परिवर्तनले शासन पद्धतीमा असर देखिएको छ । भारतीय जनता पार्टीले पछिल्लो समय युपी र उत्तराखण्डको निर्वाचनमा ल्याएको बहुमत भारतीय संस्थापन पक्षलाई मजबुत बनाएको छ ।

सडकदेखि सदनसम्म र सरकार समेत बिजेपीको बहुमत भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिमा विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणीको नाम सिफारिस गरेका छन् ।

युपी र उत्तराखण्डको निर्वाचनको नतिजा बिजेपीको पक्षमा आएपछि मोदीले पार्टी केन्द्रीय अध्यक्ष अमित साहसँग आडवाणीलाई राष्ट्रपतिका लागि नाम सिफारिस गर्न भनेका हुन । स्वयंम मोदीले आडवाणीलाई गुरु दक्षिणा बापत राष्ट्रपति पद स्वीकार्न अनुरोध गरेपछि मोदीलाई अंकमाल गर्दा आडवाणीका आँखा रसाएका थिए ।

लालकृष्ण आडवाणी अब भारतको राष्ट्रपति बन्ने करिब करिब टुङ्गो लागेको छ । अन्य भवितव्य नभएमा आडवाणी भारतको राष्ट्रपति बन्ने छन् । नेपालमा राजसंस्था र हिन्दू राष्ट्र फ्याक्दा सबैभन्दा चर्को रुपले कांग्रेस आईको आलोचना गर्ने आडवाणी थिए ।

उनले त्यस बखत नेपालको राजसंस्था र हिन्दू राष्ट्र फ्याकेर ठूलो गल्ती भारतले गरेको बताएपछि भारतका हिन्दूहरु नेपाललाई हिन्दू अधिराज्य घोषणा गराउन लागी परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त स्पष्ट रुपमा नेपालको वर्तमान संविधान प्रति असन्तुष्टि जनाउँदै सबैलाई समेट्ने संविधान बनाउन र हिन्दू अधिराज्य घोषणा गर्न दबाब दिँदै आएका छन् ।

तर नेपालका राजनैतिक दलहरुले भारतीय चाहनाको अनादर गर्दा मुलुकमा अनेकौं प्रकारका राजनैतिक संकट र अस्थिरता उत्पन्न भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी सोनीया ‘डक्ट्रीन’ मा भएका कारण नेपालमा राजसंस्था र हिन्दू अधिराज्य घोषणामा बाधक बन्दै आएका छन् ।

यसै कुरालाई मध्यनजर राख्दै आडवाणीको नाम राष्ट्रपतिमा सिफारिस भएपछि नेपालमा २०७४ साल भित्र ठूलै राजनैतिक परिवर्तन हुने अड्कलवाजी गर्न थालिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले बारा पर्सा भ्रमण क्रममा भारतमा आएको राजनैतिक परिवर्तनबाट नेपाल अछुतो नहुने बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसँग विशेष सम्बन्ध रहेको छ ।

स्रोतका अनुसार आडवाणी राष्ट्रपति भएपछि पूर्व राजा ज्ञानेन्द्र भारत भ्रमणमा जाने तयारी गरेका छन् । भारतमा विजेपीको बहुमतको सरकार सँगै राष्ट्रपति समेत विजेपीकै हुने भएपछि भारत अब कडाईका साथ छिमेकसँगको सम्बन्धमा अगाडि आउने राजनैतिक विश्लेषकहरुको भनाई छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उदय पछि अमेरिकाले दक्षिण एसिया हेर्ने रणनीतिमा परिवर्तन सँगै भारतसँग मिलेर काम गर्ने बताएपछि अब विजेपीले आगामी २५ वर्षका लागि आफ्नो अधिपत्य भारतमा कायम राख्ने र नेपाल नीतिमा पुरै परिवर्तन गर्ने भएको विश्लेषकहरु बताउँछन् ।

आडवाणी राष्ट्रपति भएपछि विजेपीलाई राष्ट्रिय सुरक्षा नीति र विश्व कुट्नैतिक सम्बन्ध नयाँ ढंगले विस्तार गर्न सजिलो हुने राजनैतिक विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्