मोरङमा रहेको चप्पल कारखानामा भीषण आगलागी
काठमाडौं, चैत ४ । मोरङको टंकीसिनवारी- १ स्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ। शुक्रबार बिहान करिब ४ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्दिप भण्डारीका अनुसार सुरक्षाकर्मीहरुले १० वटा दमकलको सहायतामा आगो निभाउने प्रयास जारी राखेका छन्। टोलीसँगै एसपी भण्डारी पनि घटनास्थलमै छन्।
‘हामीले दमक, राजविराज, इटहरीलगायतका स्थानबाट पनि दमकल मगाएर आगो निभाउने प्रयास गरिरहेका छौँ, ‘ एसपी भण्डारीले भने, ‘क्षति भइसकेको छ, आगो भने नियन्त्रणका क्रममा छ।’ आगो के कारण लाग्यो र कति क्षति भयो भन्ने खुल्न नसकेको उनले बताए।