Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चाको अन्दोलनमा बन्द हडताल नहुने, अब के हुन्छ त ?

काठमाडौं,३ चैत्र । आफ्ना माग पुरा गराउन आन्दोलनमा जान लागेको मधेसी मोर्चाले बन्द हडताल नगर्ने भएको छ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बन्द, हरतालले निकास नदिने भन्दै अवको आन्दोलनमा त्यसको बिकल्प खोजिने बताए ।

चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै महतोले बिगतका आन्दोलनले जनताले निकै कष्ट भोग्नु परेकाले अव जनतालाई पिडा नहुने गरी आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

मुलुकको अर्थतन्त्रमा असर नपुग्ने र बालबालिकाको पढाई अवरोध नहुने किसिमको आन्दोलनको रणनीति तयार गरिएको महतोको भनाई छ । उनले भने, आन्दोलनबाट हामी धेरै सचेत छौं । अवको आन्दोलनबाट सरकारलाई कसरी दवाव दिन सकिन्छ भन्नेमा छलफल हुँदैछ ।’

बिगतमा बन्द हडतालको पक्षमा रहने अध्यक्ष महतो बन्दहडतालको बिकल्पमा देखिएका छन् । परिमार्जन सहितको सविधान संशोधनमा सरकार चुकेको भन्दै उनले संसोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने र हुन पनि नदिने चेतावनी दिए ।

बिगतका त्रुटी नसच्याए सम्म मुलुक अगाडी बढ्न र कुनै पनि निर्वाचन हुन नसक्ने उनले बताए । बिगतमा मधेशी मोर्चाको नेतृत्व तह राजधानी केन्द्रित रहेकाले अवको आन्दोलनमा सबै नेता तराई मधेशमै बसेर जनताको माझमा रहेर संघर्षमा साथ दिने उनले बताए ।

पछिल्लो समय मधेसी मोर्चा सडकमा जाने बताएतापनी आन्दोलनको स्वरुप तय भने गरेको छैन । शुसील कोईराला, केपी ओली, प्रचण्ड सरकार रहँदा सम्म मोर्चाका मागहरु सम्बोधन हुन सकेका छैनन् । यसले गर्दा मधेशवादी दल आन्दोलनको धङधङमा छन् । अब उनीहरुले के गर्ने हुन हेर्न बाकी छ ।

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्