Logo
१५ बैशाख २०८१, शनिबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतले दियो अर्को नयाँ झड्का

बीबीसी, चैत ३ । केही मुश्लिमका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धि अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा हवाईका एक संघीय न्यायाधिशले रोक लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पको प्रतिबन्ध आदेश बिहिबार रातीदेखि लागू हुने तयारीमा थियो । हवाई, अमेरिकाका ती राज्यमध्येको एक हो जो ट्रम्पको यो प्रतिबन्धलाई रोक्ने कोसिस गरिरहेको थियो ।

राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य भएको ६ देशका नागरिकलाई अमेरिकामा प्रवेश गर्न ९० दिनको प्रतिबन्ध लगाउन चाहन्थे ।

ट्रम्पले शरणार्थीहरुमाथि पनि १ सय २० दिनको प्रतिबन्ध लगाउन चाहन्थे । तर हवाईको संघीय न्यायाधिसको निर्णयले उनको प्रयासमाथि एकपटक पुनः झड्का लागेको छ । ट्रम्पको दबी अनुसार उनको प्रतिबन्धले चरमपन्थीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन सकिन्छ ।

तर आलोचकले यस्तो गर्दा भेदभाव हुने बताउँदै आएका छन् । योभन्दा पहिले पनि ट्रम्पले यस्तै प्रकारको आदेश जारी गरेका थिए जसलाई सिएटलका एक न्यायाधिशले रोक लगाएका थिए ।

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्