Logo
१३ बैशाख २०८१, बिहीबार
(March 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनकालागि सीमांकन हेरफेर नगर्ने प्रचण्डको उद्घोष

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनकालागि सीमांकन हेरफेर नगर्ने उद्घोष गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनकालागि संविधानमा सीमांकन हेरफेर आवश्यक नरहेको बताए ।

उनले भने,‘संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सीमांकन संशोधन बिना नै स्थानीय तहको निर्वाचनमा जाने हो, सरकार त्यही रुपमा अघि बढ्छ ।’

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन अघि सीमांकन हेरफेर अनिवार्य नरहेको बताउँदै चुनावमा सहभागी हुन मधेसकेन्द्रित दललाई अपिल समेत गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने, ‘संशोधन जतिबेला सकारात्मक वातावरण बन्छ । राजनीतिक समझदारी भएपछि त्यतिबेला पास होला । निर्वाचन गर्न संविधानमा सीमाकंन हेरेफेर अनिवार्य छैन ।’ दाहालले मधेसी जनता पनि उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Mar 14, 2017

प्रतिक्रिया दिनुहोस्