Logo
१३ बैशाख २०८१, बिहीबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘छक्का पन्जा २’ को घोषणा: पुरानै कलाकार दोहोरिने

काठमाडौँ  । निर्माता तथा कलाकार दीपकराज गिरीले यो वर्ष सर्वाधिक कमाइ गर्न सफल फिल्म ‘छक्का पन्जा’को सिक्वल ‘छक्का पन्जा २’ निर्माणको घोषणा गरेका छन् । होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत गिरीले यस्तो घोषणा सार्वजनिक गरेका हुन् ।

दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल आदि कलाकारको प्रमुख भूमिका रहेको ‘छक्का पन्जा’को सिक्वलमा पनि पुरानै कलाकार दोहरिने छन् । यो फिल्म नाम मात्रैको सिक्वल हुने वा पुरानै कथालाई निरन्तरता दिइने भन्नेबारे भने केही खुलाइएको छैन ।

दीपाश्री निरौलाको निर्देशनमा सरस्वती मुभिजको ब्यानरमा बन्ने ‘छक्का पन्जा २’ मा पुरानै कलाकारहरु दोहोरिने छन् । गिरीका अनुसार, फिल्मको छायाङ्कन जेठ महिनादेखि सुरु हुनेछ ।

उनले फिल्मको प्रदर्शन मिति पनि चाँडै सार्वजनिक गरिने जनाएका छन्। ‘छक्का पन्जा’जस्तै यसको सिक्वल पनि हास्यप्रधान नै हुनेछ।

 

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्