Logo
७ बैशाख २०८१, शुक्रबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंञ्चनपुर घटनासगै थप खुलासा: SSB को गोली लागेका सुनसरीका पीडितले क्षतिपूर्ति पाएनन्

इनरुवा, ३० फागुन । सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् ।  गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो ।

घटनाको वर्ष बित्दा समेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो पीडितले गरेका हुन्। एसएसबीको गोली लागी घाइते भएका हरिपुर गाविस–९ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलगायतकाले आफ्नो उपचारको खर्च रकम र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका हुन् ।

गोली लागि घाइते भएका अशोकको त्यसबेला उपचारका लागि रु तीन लाख ६५ हजार, सरोजको रु दुई लाख ५० हजार, नरेशको रु दुई लाख र मनोजको रु ५० हजार खर्च भएको उनीहरुले बताएका छन् । उता सुनसरी क्षेत्रको नेपाल भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको छ। सुनसरीको भाण्टाबारीबाहेकका नाकामा नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गोविन्द गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबी सुनसरीबाट नेपालीलाई भारत प्रवेशमा रोक लागाएको हो। एसएसबीले ‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा नेपालीलाई भारत प्रवेशमा रोकेको हो । रासस

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्