Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोहनीमाथि ट्वीटरबाट खनिए थापा : ‘चर्को राष्ट्रियता सुहाएन’

काठमाडौँ, फागुन ३० । राप्रपा अध्यक्ष कमल थापा पार्टी परित्याग गरेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीको खरो आलोचनामा उत्रिएका छन् । लोहनीले आइतबार पार्टी परित्यागको घोषणा गर्दा संयमित प्रतिक्रिया जनाएका थापा सोमबार भने आक्रमक रुपमा प्रस्तुत भएका छन् । सोमबार बिहान लगातार चारवटा ट्वीट गर्दै उपप्रधानमन्त्री समेत रहेका थापाले लोहनीले आफूमाथि लगाएको आरोपहरुको खण्डन गरेका हुन् ।

लोहनीले पार्टी छाडेपछि आइतबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट थापाले लोहनीले पार्टी परित्याग गर्दा आफू दुखित भएको र यस्तो अपेक्षा नगरेको बताएका थिए । तर, सोमबार बिहान उनी निकै आक्रामक शैलीमा प्रस्तुत हुँदै लोहनीले राष्ट्रियताको कुरा गरेको नसुहाउने बताएका छन् ।

लगातार चारवटा ट्वीट गरेका थापाले पहिलो ट्वीटमा लेखेका छन् :

हिजो गणतन्त्रमा भोट हालेका र परासीदेखि बर्दियासम्म मधेस मात्रको प्रदेश प्रस्तावका लेखकले पार्टी छोड्दै चर्को राष्ट्रियताको कुरा गरेको सुहाएन ।

त्यसपछि दोस्रो ट्वीटमा उनले लेखेका छन् :
दोहराएर भन्छु -राप्रपाले संसदमा हाल बिचाराधिन विधेयकको पक्षमा मत दिंदैन। निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ। आफ्नो स्वार्थकालागि भ्रम नछरौं ।

तेस्रो ट्वीट :
हामी सरकारमा जानु अगावै राप्रपा सरकारमा थियो। चुनाव सुनिश्चितताकोलागि मात्र सरकारलाई नैतिक बलदिन शिर्षतहमा सहभागि भएको हो।भ्रमको खेती नगरौं ।

चौँथो ट्वीट :
पार्टी एकिकरण गर्दा भएको लिखित सम्झौता अनुरूप पार्टीको चुनाव चिन्ह वारे निर्णय भएको हो।लिखित सम्झौता बाहेक अरु कुनै गोप्य सहमति भएको थिएन ।

यति मात्र होइन लोहनीको आलोचना गर्दै सहायक महामन्त्री राजाराम बर्तौलाको ट्वीटहरुलाई पनि लाइक गरेका छन् ।

लोहनीले नेतृत्वले हलो चुनाव चिन्ह राखिने विगतको समझदारीलाई लत्याएको, पार्टीमा कुनै छलफलै नरगी अध्यक्ष कमल थापा सरकारमा गएको लगायतका आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गतेमात्रै एकता भएको थियो भने गत फागुन ६ देखि ११ गतेसम्म एकता महाधिवेशन भएर कमल थापा अध्यक्षमा चयन भएका थिए ।

राप्रपाको साताअघि बसेको केन्द्रीय समिति बैठकले बहुमतको निर्णय भन्दै पार्टीको झण्डा र चुनाव चिन्हमा दुबै गाई राख्ने निर्णय गरेको थियो ।

राप्रपा पक्षधर त्यसमा पनि लोहनीलगायतले निर्णयमा असन्तुष्टि जनाउँदै आएका थिए भने उनले सार्वजनिक रुपमै हलोप्रति विश्वास राख्नेहरुलाई धर्य गर्न अपिल गरेका थिए ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्