Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गगन–लेखक तनावमाः मन्त्रालय धरापमा

काठमाडौं २९ फागुन । आफूले चलाउँदै आएका मन्त्रालयहरु धरापमा परपछि यतिबेला काग्रेसंबाट मन्त्री बनेका स्वाथ्य मन्त्री गगन थापा, भैतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक तनावमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकार ल्याउने विषयमा गम्भिर छलफल सुरु गरेका छन् ।

सत्तासिन कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिपछि प्रधानमन्त्री प्रचण्डले फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारसँग छलफल गरेका हुन । आज बिहान प्रधानमन्त्री सरकारी निवासमा भएको छलफलमा फोरम लोकतान्त्रिक सरकारमा आउनेमा सहमत भएको छ । तर अध्यक्ष गच्छदारले आफुले पाउने मन्त्रालय र मर्यादा बारे अडान राखेका छन् । मन्त्रालय र मर्यादाक्रमका विषयमा कुरा मिल्नासाथ सरकार आउने गच्छदारले बचन दिएका छन् ।

दुई मन्त्रालयसहित मर्यादामा प्रधानमन्त्रीपछि दोस्रोमा हुनेमा उनको माग छ । त्यसमा स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने उनको माग छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि कांग्रेसकै भागमा छ । प्रधानमन्त्रीले १ वटा माओवादीबाट र एउटा कांग्रेसबाट दिनेमा बचन दिएका छन् । कांग्रेसबाट उनले मागका दुई मध्ये एक र माओवादीका तर्फबाट सूचना तथा सञ्चार मन्त्रालय दिने तयारी छ । सूचना तथा सञ्चार मन्त्री माओवादी केन्द्रका सुरेन्द्र कार्कीले सम्हालेका छन् ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट अन्य मन्त्रालयमा सर्न लेखक मान्ने पक्षमा छैनन । स्वास्थ्यमन्त्रीलाई हटाउदा आलोचना आउने भन्दै छलफल गर्नुपर्नेमा कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई बताएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकले गच्छदारलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए । फोरम लोकतान्त्रिकबाठ गच्छदार र महासचिव रामजनम चौधरीले सहभागिता जनाउने तयारी छ । चौधरीले स्वास्थ्य मन्त्रालय मागेका छन् । यसरी गच्छदारको अडान राखेपछि सरकार मिलाउने चरणमा छन् भने लेखक–थापा तनावमा परेका छन् ।

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्