Logo
१५ बैशाख २०८१, शनिबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी जस्तै एमालेलाई रुपन्देहीमा अवरोध: मोर्चाद्वारा बन्द आह्वान

काठमाडौं, फागुन २९  । बुधबारदेखि फेरि मेची–महाकाली अभियानलाई निरन्तरता दिएको नेकपा एमाले आज रुपन्देहीको भैरहवा पुग्दैछ । तर, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रुपन्देही बन्द गराएको छ । एमालेलाई मधेस विरोधीको आरोप लगाउँदै मोर्चाले उसलाई अवरोध गर्ने उद्देश्यले रुपन्देही बन्द आह्वान गरेको हो ।

अभियानको क्रममा अहिले नवलपरासीको भूमहीमा रहेका एमाले नेता कार्यकर्ता त्यहाँ कार्यक्रम सकेर रुपन्देहीको भैरहवा पुग्ने कार्यक्रम रहेको छ । भैरहवामा अपरान्ह आमसभा गर्ने र सो पछि बुटबलमा पुगेर बास बस्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सप्तरीको राजविराजमा गत फागुन २३ गते मधेसी मोर्चाले एमाले विरुद्ध प्रदर्शन गर्दा प्रहरीसँगको झडपमा ५ जनाको जयान गएपछि ३ दिन अभियान स्थगित गरी एमालेले हेटौडाबाट बुधबारदेखि पुन अभियानन सुरु गरेको थियो ।

अभियानमा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । रुपन्देही बन्द रहेको तथा त्यहाँ मधेसी मोर्चाका कार्यकर्ताको बाहूल्यता रहेको कारण प्रहरी, मोर्चा र एमालेका कार्यकर्ता संयमित हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्