उम्मेद्वारको निर्वाचन खर्च कति ? आयोगले तोक्यो सीमा (हेर्नुहोस्, सूचि)
काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले बैशाख ३१ का लागि घोषणा भएको स्थानीय तहको चुनावमा उम्मेद्वारको खर्चको सीमा तोकेको छ । जिल्ला समन्वय समितिका वडा सदस्यले सवैभन्दा कम खर्च गर्न पाउनेछन् ।
आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायतका निर्वाचन कार्यमा गर्न पाउने खर्चको हद तोकेको हो । वडा सदस्यले बढीमा एक लाख ५० हजार र सवैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउनेछन् ।
नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र वडा सदस्यको खर्च दुई लाख छ । गाउपालिका प्रमुख र उपप्रमुखले चुनावमा तीन लाख ५० हजार र वडाअध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउनेछन् । महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ । उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले दुई लाख ५० हजार चुनावम खर्च गर्न पाउनेछन् ।
त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले चुनाव खर्च तोकेको हो । मतदाता नामावली खरिद, सवारी साधन/घोडा, सवारी इन्धन/दाना, प्रचार–प्रशार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यलय संचालन, प्रतिनीधि परिचालन र विविधमा उम्मेद्वारले खर्च गर्न पाउने विषय तोकिएको छ ।
सूचि हेर्नुहोस्: