Logo
२६ बैशाख २०८१, बुधबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरप्रदेशमा बिजेपीलाई प्रचण्ड बहुमत ४०३ मा ३२५ सिटमा जित

नयाँदिल्ली, एजेन्सी । भारत स्थित उत्तरप्रदेशमा भारतिय जनता पार्टीले सान्दार जित  हासिल गरेको छ । भारतिय इतिहासमा पहिलो पटक प्रचण्ड बहुमत अर्थात जम्मा ४०३ सिटमा ३२४ सिट ल्याएर भाजपाले जित हासिल गरेको हो ।

हालै सम्मपन्न ५ राज्यको निर्वाचनको परिणाम आनुसार पंजाव बाहेक सबै राज्यमा भाजपाले जित हासिल गरेको छ । ७ चरणको निर्वाचनपछि शनिवार बिहानैदेखि मतगणा सुरु भएको थियो अन्य बिभिन्न राज्यहरुको मतपरिणाम अझै पनि बाकि रहेको छ ।

एबिपि न्यूजका अनुसार उत्तर प्रदेश समेत उत्तराखंड, पंजाब, गोवा र मणिपुरको एकैसाथ परिणाम आउन सुरु भएको हो । अहिलेसम्म आएको मत्तपरिणाम अनुसार पंजाव बाहेक सबै राज्यमा सत्तासिन भारतिय जनता पार्टी अगाडी रहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपी अध्यक्ष अमित साहले कुनैपनि हालतमा पुरै भारतलाई कंग्रेस मुक्त गर्ने घोषणा गरेका थिए ।

विधानसभा चुनावको यो पछिल्लो परिणामसगै भारतमा बिजेपीको चौतर्फी पकड बन्न पुगेको छ । पछिल्लो लामो समय देखि पंजावमा बिजेपी सत्तासिन रहेको थियो भने अन्य राज्यमा बिजेपी निकै सानो पार्टीको रुपमा थियो ।

उत्तर प्रदेश भारतको सबै भन्दा ठुलो पार्टी हो भने यो सगै महाराष्ट र बिहारमा पकड भए सिगो भारतमै पकड हुन मानिन्छ ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्