Logo
२६ बैशाख २०८१, बुधबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीद्धारा मारिएकाहरुको शवयात्रा आज: महतो, झा सहित मोर्चाका नेताहरु सप्तरीमा

राजविराज २८ फागुन । प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि मृत्यू भएका पाचैजनाको पार्थिव शरिरलाई शनिबार बृहत शव यात्रा गरेर अन्तिम संस्कार गरिने भएको छ ।

मृतकहरुको शव यात्रामा सहभागी हुन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित मधेशी मोर्चाका नेताहरु हिजै मधेश पुगिसकेका छन ।

नपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा सहितका नेताहरु पनि सप्तरी पुगेका छन । त्यस्तै शव यात्रामा तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्रीसहित आधा दर्जन नेताहरु पनि सहभागी हुने तमलोपाले जनाएको छ ।


त्यस्तै, संघीय समाजवादी फोरम नेपालका नेताहरु पनि शव यात्रामा सहभागी हुने जनाइएको छ । राजविराजदेखि सिरहाको लाहानसम्म हुने शव यात्रामा हजारौंको सहभागिता रहने मोर्चाले जनाएको हो ।

सद्भावना पार्टीका अनुसार त्यसक्रममा शहीद परिवारसँग भेटघाट र आन्दोलनमा घाईते भएकाहरूलाई समेत भेट्न महतो शुक्रबार नै विराटनगर हुँदै सप्तरी जान लागेको हो ।

महतो धरानस्थित बिपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान गएर घाइते एक दर्जन मधेशी प्रदर्शनकारीहरुसँग भेटघाट गर्नेछन् ।

धरानपछि महतो गोलीकाण्ड भएको सप्तरीको मलेठ पुगेका छन । त्यहा उनी त्यहीं रहेका संजन मेहता, पिताम्बर मण्डल र बिरेन्द्र महतोको परिवारसँग भेट्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गोली लागि मारिएका सप्तरीका आनन्द साह सदभावना पार्टीको भातृ संगठन स्वास्थकर्मी मंचका जिल्ला कोषाध्यक्ष थिए । महतो साहको परिवार भेट्न उनको गाउँ पनि जाने सदभावना पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्