Logo
१२ बैशाख २०८१, बुधबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बन्दको प्रभाव काठमाडौंमा देखिएन

काठमाडौं, फागुन २८  । कंचनपुरमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट एक नेपाली युवाको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देखिएको छैन् ।

हिजो उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले आव्हान गरेको बन्दको पनिप्रभाव परेको थिएन । सो गठबन्धनले सप्तरी घटनाको विरोधमा नेपाल बन्दको आव्हान गरेको थियो ।

सो पार्टीले हिजो पत्रकार सम्मेलन गरेर आज नेपाल बन्दको घोषणा गरेको थियो । तर, काठमाडौंमा बन्दको खास प्रभाव देखिएको छैन् ।

सामन्यत अरु शनिवार पनि काठमाडौंमा सवारी साधन कम चल्ने गरेका छन् । अन्यउ शनिवार जस्तै आज पनि काठमाडौंमा सवारी साधन चलेका छन् ।

 

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्