Logo
१३ बैशाख २०८१, बिहीबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झरीले नेपाल र केन्याबीचको खेलसमय बिथल्यो

काठमाडौ , फागुन २८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलसी) मा नेपालले आज बलियो प्रतिद्वन्द्वी केन्याबीच को खेल झरी ले प्रभावित भएको छ ।

तर, उपत्यकामा निरन्तर परेको झरीका कारण निर्धारित समयमा खेल सुरु नहुने भएको छ । झरीले बिथोलेको आजको खेल बारे आधिकारिक धारणा आउन बाकि छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजे खेल सुरु हुने तय गरिएको थियो । दुवै देशका खेलाडीहरु प्रतियोगितास्थल पुगेका छन् । डब्लूसीएलसी तालिकामा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छ ।

डब्लूसीएलसीमा नेपालका लागि केन्या अहिलेसम्मकै बलियो प्रतिस्पर्धी मानिएको छ । यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्