Logo
७ बैशाख २०८१, शुक्रबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा मोदीको लोप्रियता कायमैः पंजाव बाहेक सबै राज्यमा भाजपा अगाडी

नयाँदिल्ली, एजेन्सी । भारत स्थित हालै सम्मपन्न ५ राज्यको निर्वाचनको परिणाम आउन सुरु भएको छ । ७ चरणको निर्वाचनपछि शनिवार बिहानैदेखि मतगणा सुरु भएको हो ।

एबिपि न्यूजका अनुसार उत्तर प्रदेश समेत उत्तराखंड, पंजाब, गोवा र मणिपुरको एकैसाथ परिणाम आउन सुरु भएको हो । अहिलेसम्म आएको मत्तपरिणाम अनुसार पंजाव बाहेक सबै राज्यमा सत्तासिन भारतिय जनता पार्टी अगाडी रहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपी अध्यक्ष अमित साहले कुनैपनि हालतमा पुरै भारतलाई कंग्रेस मुक्त गर्ने घोषणा गरेका थिए ।
विधानसभा चुनावको यो पछिल्लो परिणामसगै भारतमा बिजेपीको चौतर्फी पकड बन्न पुगेको छ । पछिल्लो लामो समय देखि पंजावमा बिजेपी सत्तासिन रहेको थियो भने अन्य राज्यमा बिजेपी निकै सानो पार्टीको रुपमा थियो ।

उत्तर प्रदेश भारतको सबै भन्दा ठुलो पार्टी हो भने यो सगै महाराष्ट र बिहारमा पकड भए सिगो भारतमै पकड हुन मानिन्छ ।यो समाचार तयारपारिरहदा सम्म मत्तपरिणा जारी रहेको छ ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्