Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोकिया ३३१० को धमाकेदार प्रि-बुकिङ हुदै

एजेन्सी ।  बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले हालै आफ्नो क्लासिक फिचर फोन ३३१० लाई नयाँ रुप तथा ढंगमा पेश गर्यो । बेलायतको एक कम्पनीले नयाँ नोकिया ३३१० को रजिष्ट्रेसनका लागि उपलब्ध गराएको छ । यसबाट प्रष्ट हुन्छ कि नोकिया ३३१० लाई लिएर मानिसहरु निकै उत्साहित छन् र यो ऐतिहासिक फोन खरिद गर्न चाहन्छन् ।

प्रिबुकिंगका क्रममा ग्राहकहरुमा अत्यन्तै उत्साह देखिएको छ । ठूलो संख्यामा मानिसहरुले प्रिबुकिंग गराइरहेका बताइएको छ । उता नोकियाको पहिलो एन्ड्रोइड फोन नोकिया सिक्सको कुरा गर्ने हो भने यो फोनको अहिले पनि चीनमा उच्च माग छ ।

यसअघि भएको फ्लास सेलमा तत्कालै आउट अफ स्टक भएको यो फोन गत मंगलबार भएको सेलमा पनि पुनः निकै कम समयमै आउट अफ स्टक भयो । यो पटक फोनको नयाँ ३२ जिबी भेरिएन्ट पनि बिक्रिका लागि उपलब्ध थियो ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्