Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ठूलो क्षति रोक्नका लागि गरिएको बाध्यात्मक कारबाही हो’:निधि

काठमाडौं,२७ फागुन । गृहमन्त्री बिमलेन्द्र निधिले सप्तरी घटनाबारे सुरक्षा निकायले ठूलो क्षति रोक्नका लागि गरेको बाध्यात्मक कारबाही भएको जनाएका छन् । यसअघि सांसदहरुले सप्तरी घटनाबारे संसदमा सरकारको धारणा माग गरेका थिए ।

उनले एमालेको कार्यक्रम भइरहेका बेला अनियन्त्रित भिड घरेलु हतियार र पेट्रोल बमसहित कार्यक्रमस्थलतर्फ अघि बढ्दा रोक्न खोजिएको तर नियन्त्रणबाहिर गएर ठूलो क्षति हुने भएपछि स्थानीय सुरक्षा अधिकारीको आदेशमा गोली चलेको प्रष्टीकरण दिएका हुन् ।

एमालेको मेची महाकाली अभियानमा अवरोध गर्ने मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले गोली प्रहार गरेको घटनाबारेमा शुक्रबार संसदमा जानकारी दिँदै गृहमन्त्रीले ठूलो क्षति हुनबाट जोगाउन गोली चलाउनुपरेको स्पष्टीकरण दिएका हुन् ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्