Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतविरुद्ध प्रदर्शन: भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

काठमाडौं, २७ फागुन । कञ्चनपुरको पुर्नवासमा भारतीय सुरक्षाबल एसएसबीको गोली प्रहारबाट निधन भएका गोविन्द गौतमको विषयलाई लिएर देशभर बिरोध प्रदर्शन भएको छ ।

कञ्चनपुरमा स्थानियले व्यापक बिरोध प्रदर्शन गरेका छन् भने राजधानीका विभिन्न ठाउँमा बिरोध सभा गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नुका साथै भारतीय झण्डासमेत जलाएका छन् ।

त्यस्तै, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका गौतमलाई गोली हानेर हत्या गरेको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

अस्कल क्याम्पस अगाडि भेला भएर विद्यार्थीहरु लैनचौरस्थित भारतीय दूतावास तर्फ अघि बढेका थिए । उनीहरुले गौतमको हत्याको विरोध गर्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए । शुक्रबार बिहान काठमाडौंमै माओवादी केन्द्रका भ्रातृ संस्थाहरुले विरोधसभा गरेका थिए ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्