Logo
१२ बैशाख २०८१, बुधबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कञ्चनपुर घटनाबारे एसएसबीसँग सोधपुछ गरिरहेका छौं’

काठमाडौं, फागुन २७. । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली नागरिकको ज्यान गएको विषय भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

यसअघि बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले पुनर्वास नगरपालिकाको आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीले गोली नचलाएको जिकिर गरेको थियो । विदेश मन्त्रालयको विज्ञप्तिमा गोली लागेर नेपालीको ज्यान गएको विषयमा एसएसबीसँग सोधपुछ भइरहेको उल्लेख गरिएको छ ।

भारतीय पक्षले मृतकको पोष्टमार्टम लगायतका रिर्पोटहरु कूटनीतिक माध्यमबाट आफूलाई पनि उपलब्ध गराउन आग्रह गरेको छ ।अस्थायी कल्र्भट निर्माणको विषयमा विवाद हुँदा बिहीबार नेपाली पक्षले गरेको प्रदर्शनमा एसएसबीले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएको थियो ।

नेपाल सरकारले एक्कासी एसएबीले गोली चलाएको भन्दै घटनाको निन्दा गरेको थियो। यसै विषयमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच टेलिफोनमा कुराकानी पनि भएको थियो ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्