Logo
१३ बैशाख २०८१, बिहीबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि गाविस हटेर गाउँपालिका भए, देशभर ७ सय ४४ स्थानीय तह

काठमाडौं, फाल्गुन २७ । नयाँ संविधानअनुसार पुनर्संरचनापछिको स्थानीय तह शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्रमा प्रकाशित सूचना शुक्रबार सार्वजनिक गर्दै आजैबाट नयाँ संरचना लागू भएको घोषणा गरे का हुन ।

फागुन २२ गते सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको हो । नयाँ संरचनाअनुसार महानगर ४, उपमहानगर १३, नगरपालिका २ सय ४६, गाउँपालिका ४ सय ८१ रहने छन् । वडाहरुको संख्या ६ हजार ६ सय ८० रहने छन् । यसअघि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए ।

 

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्