Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् विस्तार: थापा उपप्रधानमन्त्री, दिलनाथ र परशुराम पनि थपिए

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाबाट उपप्रधानसहित तीन मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नायरिक उड्ययन मन्त्री नियुक्त गरिएको छ ।

थापा र गिरीले बिहीबार नै राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् । राप्रपाबाट राज्यमन्त्रीमा सिफारिस भएका परशुराम तामाङले भोलि शुक्रबार सपथ लिनेछन् । राप्रपा र राप्रपा नेपालबीच एकता हुनु अघि नै राप्रपाबाटै दीपक बोहोरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधार मन्त्री छन् ।

राप्रपाबाट मन्त्री थप्नु अघि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी नेता हितराज पाण्डेलाई स्थानीय विकासमन्त्रीबाट फिर्ता गराएका थिए । उनलार्इ पशुपंक्षी विकासमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरेका छन् । स्थानीय विकास राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुबारे भने नयाँ निर्णय भएको छैन ।

यस्तै, बिहीबारको विस्तारसँगै प्रचण्ड सरकार ४४ सदस्यीय भएको छ । बिहीबार एक मन्त्री हटे भने उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री थपिए । अब प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा छन् । तेस्रा उपप्रधानमन्त्री कमल थापा भए, उनले स्थानीयविकास मन्त्रालय सम्हाल्नेछन् । यस्तै २६ मन्त्री छन् भने १५ रान्यमन्त्री छन् ।

मन्त्रीद्वय जीवनबहादुर शाही र प्रेमबहादुर सिंहको पनि मन्त्रालय हेरफेर भएको छ । शाहीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय राप्रपाबाट मन्त्री भएका गिरीले लिएका छन् । कांग्रेस नेता शाहीलाई भने प्रेमबहादुर सिंहले सम्हाल्दै आएको खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंहले भने प्रधानमन्त्रीसँग रहेको विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्