Logo
१५ जेष्ठ २०८२, बुधबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएसबीले कञ्चनपुरमा गोली चलाएको छैन: भारतीय दूतावास

काठमाडौं, फाल्गुन २६  ।  काठमाडौं स्थित भारतीय दूतावासले कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तर्फबाट कुनै फायरीङ नभएको विज्ञप्ती निकाल्दै दाबी गरेको छ ।

दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय सञ्चार माध्ययमले बताए जस्तो कञ्चनपुरको आनन्द बजारमा एसएसबीले फायरीङ गरेको छैन ।’

विज्ञप्तीमा भारतीय क्षेत्रमा पर्ने स्थानीय निकायलाई त्यहाँ जारी विवादलाई तत्काल सुल्झाउनका लागि काम गर्न पनि भनिएको बताइएको छ । उक्त घटनालाई लिएर नेपाल सरकारको तर्फबाट भने कुनै प्रकारको प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्