Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार्सिलोनाको विजय: अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित 

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा इतिहास रच्दै फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) लाई पराजित गरेको छ । सनसनीपूर्ण खेलमा बार्सिलोनाले पिएसजीसँग ६-१ ले हराएको हो । अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग भोगेको ४-० को पराजयको बदला लिँदै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित पारेको हो।

घरेलु मैदानमा भएको खेलमा तेस्रो मिनेटमा स्वारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४० औं मिनेटमा पिएसजीका कुर्जावाले आत्मघाती गोल गर्दा बार्सिलोना २-० ले अगाडि पुगेको थियो। सनसनीपूर्ण जित दिलाउने क्रममा बार्सिलोनाका लागि नेइमारले दुई गोल गरे।

५० औं मिनेटमा पाएको पेनाल्टीलाई मेसीले गोल गरे। यो जितसँगै समग्रमा ६-५ को जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्