Logo
१३ बैशाख २०८१, बिहीबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारनै एमालेको सामुहिक हत्या गर्न सप्तरी पुग्योः केपी ओली

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सप्तरीमा आफूसहित एमाले नेताहरुको सामुहिक हत्या गर्न खोजिएको आरोप लगाएका छन् । उनले मधेसी मोर्चाले साम्प्रदायिकता निम्त्याउन खोजेको समेत आरोप लगाए ।

राजधानीमा आयोजित पार्टीको बृहत् भेलालाई सम्बोधन गर्दै ओलीले ‘जननेता मदन भण्डारीको लुकेर हत्या गरिएको तर महोत्तरीमा भने आफूहरुको खुलेआम हत्या गर्न खोजिएको’ आरोप लगाए ।

उनले सप्तरी घटना घटाउन सरकारकै संलग्नता रहेको आरोप समेत लगाए । ‘सरकारले एमाले नेता किन मार्न दिएनौं भनेर अहिले सरुवा सुरक्षा प्रमुख र सिडियोको सरुवा गर्दैछ, राजधानी बोलाउँदै छ’, ओलीले भने, ‘एमालेको विरुद्ध हतियार लिएर सरकार आएको हो ।’

सत्तापक्षले नै एमालेलाई तराई जान दिन्न भनेको उल्लेख गर्दै उनले प्रश्न गरे–मधेसी मोर्चा नै सत्ता पक्ष हो कि हैन ? यस्तै उनले एमालेलाई रोक्न देशविदेशबाट मान्छे भेला पारेर हतियारसहित अवरोध गर्न पुगिएको समेत बताए ।

अधिकांश समय आक्रामक अभिव्यक्ति दिएका उनले ‘मान्छे मराउने मार्चाले अहिले फेरि लाशमाथि राजनीति गरिरहेको आरोप लगाए ।उनले चुनाव भए एमालेले जित्ने ठानेर सरकार चुनाव रोक्न भित्रभित्रै लागिपरेको आरोप लगाउँदै भने, ‘यदी प्रधानमन्त्रीले निर्वाचन गर्न सक्नुहुन्न भने छाडिदिनुहोस् ।

हुन खोज्नेहरुले पनि चुनाव गर्न सक्नुहुन्न भने सरकारमा नजानुस् ।’ उनले स्वाधिनता, राष्ट्रियता र स्वाभिमानको पक्षमा एमालेले कसैसँग सम्झौता नगर्ने भन्दै यसबारे अरुलाई टाउको दुखे एमाले त्यसको मतलब नगर्ने बताए ।

उनले मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्नु पनि नाटकबोहक अरु केहि नभएको टिप्पणी गरे । एमालेले राजविराज घटनाबारे नेता कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको बास्तविकता बाहिर ल्याउँन आज बृहत् भेला बोलाएको हो ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्