Logo
१५ चैत्र २०८०, बिहीबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय एसएसबीको को गोलीबाट एकको मृत्यु कयौं घाइते


काठमाडौं, २६ फागुन । एसएसबीको ददागीरि विरुद्ध दशगजामा स्थानीयले प्रतिवाद गरेका छन् । नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले गोली चलाउँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। एसएसबीको गोली लागेर आनन्दबजार ६का २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको हो।

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासीहरु प्रतिरोधमा उत्रिएका हुन ।

सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् । अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् । नेपालीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन भनिरहेका छन् ।

आनन्दबजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरको नेतृत्वमा सुरक्षाकर्मी परिचालित छन् । विस्तृत विवरण आउन बाकी छ ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्