Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईबारे गुप्तचरले दियो यस्तो चेतावनी !

काठमाडौं, २६ फागुन । सरकार, राजनैतिक दल गम्भिर नबने तराई मधेसमा ठूलो भुईचालो आउन सक्ने नेपालको गुप्तचर संसंस्थाले बताएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले तराई–मधेसको वस्तुस्थिति र हिंसाका सम्भावित घटनाबारे सरकारलाई गत साता नै अवगत गराएको जनाउँदै राजनीतिक दल, सरकार गम्भिर नहुदाँ सप्तरीमा अप्रिय स्थिति आएको दावी गरेको हो ।

अनुसन्धानका एक अधिकारीले भने,‘सरकारलाई विभागले गम्भिर हुन भनिसक्दा अटेर गरेका कारण सप्तरीमा घटना घटेको हो ।’

ती अधिकारीले सरकार, राजनैतिक दल गम्भिर नभए नेपालबाट तराई अलग हुन सक्ने बताए । उच्च स्रोतका अनुसार, पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, गृहमन्त्री, केन्द्रीय सुरक्षा समिति बैठक र गृहसचिवलाई गुप्तचरका अधिकारीले बारम्बार तराई–मधेसको स्थिति नियन्त्रणबाहिर जान सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्