Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल र ओलीबीच आधा घन्टा ‘वान टु वान’ वार्ता

काठमाडौं, फागुन २५  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार करिब आधा घन्टा वार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससहितका प्रमुख तीन दलको बैठकपछि ओली र दाहालबीच ‘वान टु वान’ वार्ता भएको हो ।

तीन दलको बैठक सकिएपछि एकछिन बाहिर निस्केका ओली फेरि बैठक कक्षमा गएका थिए । ‘आधा घन्टाजति उहाँहरु बस्नुभएको हो’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘पहिले तीन दलको बैठकमै भनेका कुरालाई अध्यक्षज्यूले गम्भीरतापूर्वक प्रधानमन्त्रीसँग भन्नुभयो ।’ यद्यपी दुई नेताको वार्तामा अरु के के विषयमा कुराकानी भयो भन्ने खुलाइको छैन ।

दिउँसो एक बजेतिर तीन दलको बैठक सकेर एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल बालुवाटारबाट बाहिरिएका थिए । त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल पनि तीन दलको बैठक सकिएसँग बालुवाटारबाट निस्किएका थिए ।

यसअघि तीन दलको बैठकमा प्रधानमन्त्रीले एमालेलाई मेची महाकाली अभियान स्थगीत गर्न आग्रह गरेका थिए । एमाले नेताहरुले आफूहरुले अभियान स्थगीत नगर्ने बरु सरकारले चुनावी माहौल बनाउनु पर्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति: Mar 8, 2017

प्रतिक्रिया दिनुहोस्