Logo
२४ मंसिर २०७९, शनिबार
(March 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूवालाई रोजगार : कृषि विकास बैंकमा खुल्यो जागिर

काठमाडौं , २५ फागुन । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो ।

बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।

विज्ञापन हेर्नुस्:

प्रकाशित मिति: Mar 8, 2017

प्रतिक्रिया दिनुहोस्