Logo
१२ श्रावण २०८१, शनिबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चाले सर्मथन फिर्ता लिएनः सरकारलाई ७ दिने अल्टिमेटम

काठमाडौं, २४ फागुन । सप्तरी घटनापछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः सर्मथन फिर्ता नलिने निर्णय गरेको छ ।  प्रधानमन्त्रीको बिषेश आग्रह अनुसार ७ दिने अल्टिमेटम दिई सर्मथन फिता नलिने निर्णय गरेको मोर्चाका एक नेताले बताए ।

यसअ अघि मोर्चाको सोमबार साँझ बसेको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो र, मग्लवार सभामुखलाई लिखित औपचारिक जानकारी तयारी स्वरुप ३ बजे बैठक राखिएको थियो । तर, उक्त नेताले भने ‘प्रधानमन्त्रीजीले १५ दिनको समय माग्नु भो हामिले ७ दिन दिने निर्णय गरेका छौं’ मंगलबार विहानै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच टेलिफोन सम्वाद पनि भएको थियो ।

संघीय गठवन्धनले सप्तरी घटनाको विरोधमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । मधेसी मोर्चामा आवद्ध रामसपाका महासचिव केशव झाले पनि समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने मोर्चा र गठवन्धन दुबैको निर्णय भएको बताए ।  उसले २६ गते काठमाडौंसहित देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ । साथै सप्तरी घटनाबारे मानवअधिकार आयोग र राष्ट्रसंघको ध्यानाकर्षण गराउने र अन्तराष्ट्रिय समुदायसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्