Logo
११ बैशाख २०८१, मंगलबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनावग्रस्त सप्तरीमा नयाँ SP अनुराग द्विवेदी जादै

काठमाडौँ । गृहमन्त्रालयले सप्तरी गोलीकाण्डपछि नेपाल प्रहरीका एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको छ । एसपी द्विवेदी मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत थिए भने सशस्त्रका एसपी यादव बराह बाहिनी पकलीबाट पठाइएका हुन् ।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै त्यहाँ कार्यरत सुरक्षा अधिकारीलाई फिर्ता बोलाएर नयाँ सुरक्षा अधिकारीकारुपमा उनीहरुलाई त्यहाँ पठाइएको हो ।

गृहमन्त्रालयले मंगलबार नेपाल प्रहरीका एसपी दिवेश लोहनी, डिएसपी दानबहादुर कार्की, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृहमा तानेको थियो ।

मंगलबार बिहान गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको गोलीकाण्डबारे छलफल गर्न नेपाल प्रहरीका कामू महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिपकुमार रेग्मीसहितको उच्च सुरक्षा बैठक डाकेका थिए ।

नयाँ प्रजिअको पनि गृहले टुंगो गरिसकेको छैन । स्थानीय प्रशासनले मंगलवार दिउँसोबाट राजविराजमा अनिश्चितकालिन कर्फ्र्यू लगाएको छ । गृहले सबै सुरक्षाअधिकारीलाई तानेपछि सप्तरी सुरक्षा प्रमुखबिहीन भएको थियो ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्