कुशवाहा समाजद्धारा सप्तरी घटनाको न्यायिक छानविन गर्न माग
काठमाण्डौ । सप्तरी घटनाको न्यायिक छानविन गर्न माग नेपाल कुशवाहा कल्याण समाजले माग गरेको छ । देशभरीका कुशवाहाहरुको छाता संगठन रहेको उक्त समाजले आफना कुशवंसी संजन मेहताको प्रहरी हत्या गरेको भन्दै न्यायिक छानविन गरि दोशीलाई कारवाही गर्न माग गरेको हो ।
समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोले मंलवार एक प्रेस बिज्ञप्ती जारी गर्दे मेहता सहित अन्य आन्दोलनकारीलाई सिधै टाउको छातिमा गोली हानी प्रहरीले उनीहरुको जानी जानी हत्या गरेको आरोप लगाएका छन ।
बिज्ञप्तप्मा भनिएको छ ‘एमालेको “हट, जवजस्तीपना र उन्माद घमण्ड” तथा उक्त पार्टीका अध्यक्ष केपि शर्मा ओली सहित सोही पार्टीका केहि शिर्ष नेताहरुको उत्तेजक तथा भड्किलो भाषणका कारण हिजोको “सप्तरी घटना” घटेको ठहर नेपाल कुशवाहा कल्याण समाजको रहेको छ ।
बिज्ञप्ती मार्फ समाजले आफना ज्यानको आहुती दिई वीर अमर सहिद भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली ब्यक्त गर्दे, उहाँहरुको परिवार–आफन्तजनमा कुशवाहा समाज समवेदना समेत प्रकट गरेको छ ।
साथै ‘सरकारसमक्ष घाइतेहरुको उचित उपचारको ब्यवस्था, पिडित परिवारलाई क्षतिपुर्ती सहित यस घटनाको न्यायिक छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न समेत नेपाल कुशवाहा कल्याण समाज माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।