Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको चासोः संयमता अपनाउन आग्रह

काठमाडौं, फागुन २४ । सप्तरीमा गोलीकाण्डबाट तीन जनाको मृत्युबारे संयुक्त राज्य अमेरिकाले गम्भीर चिन्ता व्यक्त गरेको छ । दूतावासले नेपाली सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन र आन्दोलनरत दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह समेत गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको घटनाप्रति चिन्ता व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन ।

नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ। त्यसैगरी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौं ।’

यस्तै दूतावासले नेपाल नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटेकोप्रति उत्साह व्यक्त गर्दै संविधान कार्यान्वयन गर्न र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्न सरकार र दललाई विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य नेपालीमा:

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्