Logo
८ बैशाख २०८१, शनिबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वाथ्यमन्त्री गगन थापाले आफ्नो छवि यसरी पारे स्वाहा !

काठमाडौं, २४ । काम कम,स्वर ठूलो भएका एक यस्ता व्यक्ती हुन स्वाथ्य मन्त्री गगन थापा । उनीबाट जनताले धेरै आशा गरेका थिए तर उनले कार्यकाल सकिनै लाग्दा सम्म खासै केहीनै गरेका छैनन् ।

उसो त उनी पनि दुघले नहुएका त कहाँ हुन र ? कांग्रेसका नेताहरु भ्रष्ट नेताको सुचिमा पहिलेदेखिनै पर्दै आएका छन् । यसमा गगनको नाम पछिल्लो समयमा थपिएको छ ।

पहिलाको मिति राखी उनले हालैमात्र चारवटा स्वाथ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको तथ्य फेला परेको छ । ०७३ फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको भएपनि मन्त्री थापाले फागुन १९ गते उपकुलपति नियुक्ति गरेका हुन् ।

उपकुलपति मात्र होइन, स्वास्थ्यका निर्देशक तहका सरुवा पनि उनले फागुन २० गते नै गरेका छन् । मन्त्री थापाका पीए कृष्ण रिजाल र शैलेश सिटौलाहरुले दाम खाएर भर्ना गर्न निर्देशन जारी गरेका ब्यक्तिहरु राख्न अस्वीकार गरेपछि मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक रमेशविक्रम सिंहलाई स्वास्थ्य सेवा विभागमा सरुवा गरेका छन् ।

मध्यमाञ्चल स्वास्थ्य निर्देशनालयले अनमी, अहेवलगायतका जनशक्ति करारमा माग गरेको थियो । ती करारमा आवेदन दिएकाहरुसँग गगन थापाका पीए रिजाल र सिटौलाले पास गराइदिने सर्तमा रकम संकलन गरी निर्देशक सिंहलाई सूची दिएको बताइन्छ ।

स्रोतका अनुसार, सूची अनुसारका व्यक्तिलाई जसरी पनि पास गराउन मन्त्रीका पीएहरुले दबाब दिएपछि निर्देशक सिंहले अन्तर्वार्ता गरिसकेकाले सम्भव नभएको जवाफ दिएका थिए ।

मन्त्रीका पीएहरुले दिएको सूचीअनुसार पास गराए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने भएकाले निर्देशक सिंहले अस्वीकार गरेका थिए । घुस मन्त्रीका स्वकीय सचिवले खाने, बदनामी आफ्नो हुने भएकाले पनि उनले सूची अनुसार पास गर्न अस्वीकार गरेको कर्मचारी स्रोत बताउँछ ।

त्यही रिस फेर्न रिजाल र सिटौलाले मन्त्रीलाई चुक्ली लगाएर उनलाई विभागमा सरुवा गरी विभागका वासुदेव पाण्डेलाई मध्यमाञ्चल क्षेत्रको निर्देशकमा पठाउन सफल भएका छन् ।

मन्त्री थापा प्रत्यक्ष रुपमा नदेखिने तर पीएमार्फत असुलीमा व्यस्त छन् भन्ने कुरा मध्यमाञ्चलका निर्देशक सरुवाले पुष्टी गरेको चर्चा स्वास्थ्य मन्त्रालयमा छ ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्