Logo
७ बैशाख २०८१, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

EXCLUSHIVE: सर्मथन फिर्ता लिदै मधेशी मोर्चाद्धारा मधेश बन्द आह्वान

काठमाण्डौं । सरकारलाई सर्मथन दिइरहेको बिभिन्न मधेशी दलहरुको मोर्चा संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको सर्मथन फिर्ता लिदै फाल्गुन २४ र २५ गते मधेश बन्दको अहवान गरेको छ ।

मोर्चाका नेता तथा रामसपा महासचिव केशब झाका अनुसार मंलवार औपचारिक रुपमा सभामुखलाई पत्र बुझाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे भोलि औपचारिक रुपमा दिएको समर्थन फिर्ताको पत्र बुझाउने छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सभामुखलाई भोलि मोर्चाको पत्र बुझाउने न्यूज अप्रेशन जानकारी दिए । त्यस्तै, फागुन २४ र २५ गते मधेश बन्दको पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्