मधेशमा आक्रोशः सिरहामा ट्रक आगजानी, सुनसरीमा बस तेडफोड, जनकपुर तानवग्रस्त
काठमाडौँ, फागुन २३। सप्तरीमा आन्दोलनकारी मारिएको घटना सार्वजनिक हुनबितिकै सिगों मधेश आक्रमक बनेको छ । त्यसैगरि, सिरहाको गोलबजारमा एउटा ट्रकमा आगजनी गरेको खबर प्राप्त भएको छ ।
उता सुनसरीको लौकहीमा नाइट बसहरु तोडफोड गरिएको छ । मधेशी मोर्चाका नेताहरुले निकै अक्रोसित मुद्रामा देखिएका छन । उता मधेशी मोर्चाको बैठक जारी रहेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेर बजार घुमाइएको छ । यता सप्तरीको घटनाले गर्दा जनकपुर, बिरगंज लगायतका स्थानहरुमा मोर्चा चारैतर्फी रुपमा विरोध प्रर्दशनमा उत्रेका छन ।