Logo
३ फाल्गुन २०८१, शनिबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिन कारण देखाउदै आयोगबाट सिंहले राजीनामा

काठमाडौ, फागुन २३। स्थानीय पुनःसंरचना आयोगका सदस्य सुनिल रञ्जन सिंहले राजीनामा दिएका छन् । सरकारले आयोगको प्रतिवेदनमाथि छानविन गर्न बनेको कार्यदलले तयार पारेको प्रतिवेदनलाई स्वीकृत गरेपछि उनले राजीनामा दिएका हुन् ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई हिजो मन्त्रीपरिषद्ले स्वीकार गरेको छ ।

जसमा ७४४ स्थानीय तहको व्यवस्था गरेको छ । आयोगले भने ७१९ स्थानीय तहको व्यवस्था गरेको थियो ।
राजीनामा दिनुका यी हुन् तीन कारण:

१.सविधानले निर्धारण गरेको हैसियतलाई सरकारले नै अस्वीकार गरेको छ । आयोगले गरेको कामप्रति सरकारले अविश्वास गरेको जस्तो देखियो ।

२.सविधानलाई मिचेर विशेष संरक्षित क्षेत्र तथा स्वायत्त क्षेत्रको व्यवस्था नगरेको देखियो ।

३.स्थानीय तहसँख्या दुई नम्बर प्रदेशमा मात्र गरेको छ । यदि मधेशमा मात्र संख्याको आधारमा वृद्धि गरेको हो भने मधेश आठ जिल्ला मात्र होइन, मधेशका अन्य जिल्लामा पनि गर्नुपथ्र्यो ।

आयोगको म्याद फागुन मसान्तसम्म छ ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्