Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा तनावः प्रहरीको गोली लागेर एक युवकको मृत्यु

सप्तरी, फाल्गुन २३ । सप्तरी स्थित राजविराजमा एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । मलेठ– २ का सञ्जन मेहता गोली लागेर गम्भीर घाइते भएका थिए । मेहताको टाउकोमा गोली लागेको छ । तर यो समाचारको सरकारी पुष्टि भएको छैन ।

उता, एमालेको सभास्थललाई मधेसी मोर्चाको कार्यकर्ताले सभा चलिरहँदा घेरा हालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्न थालेको छ । सभास्थल औद्योगिक क्षेत्रको पूर्व र दक्षिणपट्टी ठूलो संख्यामा मोर्चा कार्यकर्ता जम्मा भएका छन् ।

सभा सुरु हुनु अघि पनि प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानको टोली पनि केही समयमा नै सभास्थल आइपुग्ने बताइएको छ ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्