Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाली नेताले दिए अमेरिकालाई धम्की

एजेन्सी  । उत्तर कोरियाली नेता किमम जोङ ऊनले आफ्नो सौतेनी भाइ किम जोङ नामको हत्यालाई लिएर अमेरिकालाई धम्की दिएका छन्। अमेरिकाले किम नामलाई घातक रसायन भीएक्स नर्भको एजेन्ड भनेर कोरियालाई आतंकको सूचीमा राख्‍ने बताएपछि ऊनले धम्की दिएका हुन् ।

दक्षिण कोरिया र जापानी मिडियाका अनुसार अमेरिकाले किम जोङ नामले संसारमै सबैभन्दा घातक रसायनिक पदार्थ भीएक्स नर्भको एजेन्ट भएर क्वालालम्पुरमा कारोबार गरेकोको आरोपमा पक्राउ परेपछि मृत्यु भएको बताइएको छ। भीएक्स नर्भलाई संसारमै सबैभन्दा नरसंहार गर्ने हतियारको श्रेणीमा राखिएको छ ।

तर कीमले आफ्नो भाई एउटा सच्चा र इमान्दार कोरियाली नागरिक भएको दाबी गरेका छन्। उनले भनेका छन् ‘ नाम एउटा सच्‍चा र इमान्दार नागरिक हुन् तर उसलाई जालझेलमा पारेर मारियो। यसबाट उत्तरकोरिया निक्‍कै अप्ठ्यारोमा परेको छ। अमेरिकाले उत्तरलाई आतंकको सूचीमा राखे ठूलो क्षति व्यहोर्नु पर्नेछ ।’

अमेरिकाको आतंक सूचीमा सिरिया र इरान र सुडानलाई राखिसकेका छन्। उत्तर कोरियाका विदेशमनत्रालय प्रवक्ताले अनुसार एउटा सम्‍मानित देशमाथि आधारहीन आरोप लगाउनु अमेरिकाको ठूलो कमजोरी भएको भन्दै ठूलो चुनौती दिएका छन्।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्