Logo
७ बैशाख २०८१, शुक्रबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी र ९९ केजी केजी चरेससहित २ भारतीय पक्राउ

चितवन, फागुन २३ । जिल्ला प्रहरी कार्यालय चितवनले ९९ के.जी केजी अवैध लागु औषध चरेससहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । लागु औषध नियन्त्रण विशेष अभियान अन्तर्गत प्रहरीले जेएच ०४ वि ०४४५ भारतीय नम्बरप्लेटकोे टाटा सुमोे सहित १९८ थान पोका रहेको छ ।

अन्दाजी ९९ के.जी लागु औषध चरेस र २ भारतिय नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताए ।प्रहरीका अनुसार भारत कठियामठिया ७ वस्ने वर्ष ३७ का गाडी चालक सुधन साह र भारत रक्सौल कोईरिया टोल ६ वस्ने वर्ष २५ को गाडीमा सवार आदित्य साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक जयनारायण यादवको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान ५ : १७ बजे कविलास १ जुगेडीबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले टाटा सुमोगाडीमा फल्स बटन बनाई लुकाई छिपाई चरेस बोकेका थिए ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्