Logo
८ बैशाख २०८१, शनिबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औधोगिक क्षेत्रमा एमालेको कार्यक्रमः बाहिरतर्फ ढुङगा हानाहान

सप्तरी, फागुन २३ । सप्तरीको औधोगिक क्षेत्रमा एमालेको कार्यक्रम भइरहँदा बाहिरतर्फ भने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच ढुङगा हानाहान भएको छ । कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले कडा सुरक्षा पहरा दिएका छन् ।

एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत राजविराजस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा मोर्चाका आधा दर्जन नेता-कार्यकर्ता घाइते भएका छन् ।

लाठी बोकेर आएका मोर्चाका कार्यकर्ताले औधोगिक क्षेत्रमा पनि एमालेलाई कार्यक्रम गर्न नदिने बताएका थिए । तर बाक्लो सुरक्षा तैनाथीकाबीच एमाले कार्यक्रम गर्न दिएको भन्दै मोर्चाका कार्यकर्ता सुरक्षाकर्मीमाथि खनिएका हुन् ।

मोर्चाले प्रहरीको सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्दा झडप भएको हो । झडपमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश सिंह, मोर्चाका नेता भीम राज यादव लगायत आधा दर्जन घाईते भएका छन् ।

घाईते नेता कार्यकर्ताहरुलाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवले जानकारी दिएका छन् ।

कार्यक्रमस्थलबाट एक किलोमिटर टाढा राखेको छ । नेकपा एमालेको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रभित्र जनसभा जारी छ । भित्र एमालेका नेताहरुले सम्बोधन गरिरहेको छन् भने बाहिर मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् ।

कार्यक्रममा एमालेका स्थानीय कार्यकर्तालाई समेत प्रवेश गर्न दिएको छैन । पार्टीभित्र चिनिएका कार्यकर्ताहरुलाई मात्र भित्र छिर्न दिएको छ । अरु बाँकी सुनसरीबाट एस्कर्टिङसहित ओलीसँग आएका कार्यकर्ताहरु नै रहेका छन् ।
सुरक्षाकर्मीले कार्यक्रमस्थललाई पुरै घेरा हालेर सुरक्षा दिइरहेको छ । प्रदर्शनकारीलाई कार्यक्रमस्थल भन्दा एक किलोमिटर टाढा राखिएको छ ।

 

 

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्